Rule 74
शैक्षिक जनशक्ति विकास केन्द्र
(१) शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा सम्बन्धी समुदायमा कार्यरत व्यक्तिको कार्य दक्षता अभिवृद्धि गर्न तथा शैक्षिक अनुसन्धानको काम गर्न एक शैक्षिक जनशक्ति विकास केन्द्र रहनेछ ।
(२) शैक्षिक जनशक्ति विकास केन्द्रले शैक्षिक जनशक्ति विकास परिषद्को सचिवालयको काम गर्नेछ ।
(३) शैक्षिक जनशक्ति विकास केन्द्रको प्रमुखको रुपमा काम गर्न एक कार्यकारी निर्देशक रहनेछ ।